सल्यान दुर्घटना अपडेट : मृत्यु हुने दुवै जनाको सनाखत

तुलसीपुर । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक तुलसीपुर उपमहानगरपालिका–१८ बस्ने २५ वर्षीय भक्तबहादुर घर्ती र गाडी धनी ५० वर्षीय गणेश बुढाको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यस्तै घाइते हुनेमा तुलसीपुर–२ निवासी ३५ वर्षीय नारायण योगी रहेका छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । मृतक दुवै जनाको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपर ल्याउने तयारी रहेको छ ।
रोल्पाबाट तरकारी लिएर दाङतर्फ आउँदै गरेको जीप राप्ती लोकमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै सेतापैरामा दुर्घटनामा परेको हो । आज बिहान ६ः३० बजे रा१च १०२५ नम्बरको जीप तीन सय ५० मिटर तल खसेको थियो । दुर्घटनामा परेको जीप टुक्राटुक्रा परेको छ ।
अनियन्त्रित भएर जीप दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला
-
कानुन निर्माणमा संसदीय समितिको प्रभावकारी भूमिका नभएको भन्दै सांसदहरुको असन्तुष्टि
-
‘दान्भी’को फस्टलुकमा पूजाको एक्सन अवतार
-
गीतको म्युजिक ट्रयाक अनधिकृत प्रयोग नगर्न लोक तथा दोहोरी गीत प्रतिष्ठानको आग्रह
-
पार्टी एकताबद्ध भए बहुमत ल्याउन सकिन्छ : सभापति देउवा
-
नबिल बैंकले ल्यायो मेसिनबाट चेक क्लियरिङ गर्ने सुविधा