आइतबार, १६ मङ्सिर २०८१
ताजा लोकप्रिय

महिला बास्केटबल र ह्याण्डबलमा नेपालको लगातार दोस्रो हार

बुधबार, १० असोज २०८०, १७ : १९
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा हार भोगेको छ । समूह ‘बी’ को लिग खेलमा बुधबार कजाकस्तानले नेपाललाई १७-१० ले हरायो । 

कजाकस्तानविरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले चार-चार अंक जोडे । गरिसा सिलवाल र रिन्छेन मोक्तानले पनि एक-एक अंक थपे । यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली जापानसँग पराजित भएको थियो । उक्त खेलमा जापान २२-४ ले विजयी भएको थियो । नेपालले समूहगत चरणको अन्तिम खेल शुक्रबार चाइनिज ताइपेईसँग खेल्नेछ । 

यसैगरी महिला ह्यान्डबलमा पनि नेपाली  टोली बुधबार जापानसँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा जापानले नेपाललाई ६२-१० ले हराएको हो । यसअघि समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक चीनसँग ५७-१० ले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप