उच्च पदस्थ व्यक्तिहरुले विदेश भ्रमण गर्दा साधारण खर्च बढ्यो : सांसद भट्टराई
काठमाडौँ । नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरु अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताएका छन् । बुधवार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले पछिल्लो ६ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरु विदेश भ्रमणमा रहेका बताएका हुन्।
उनले कोभिड १९ अगाडीको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरुको भ्रमण भइरहेको दाबी गरे । शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै उनले यसले साधारण खर्च बढिरहेको बताए ।
उनले भने – ‘सन् २०१७÷१८ को भन्दा बढी विदेश भ्रमणहरु भइराखेको छ यो ५/६ महिनामा । जम्बो, जम्बो टोलीहरु चाहे त्यो प्रधानमन्त्रीको टोली होस् अथवा मन्त्रीहरुको टोली होस् । हरेक दिन कुनै न कुनै मन्त्री विदेशमा छ । हरेक दिन कुनै न कुनै सचिव विदेशमा छ । हरेक दिन कार्यालयको कुनै न कुनै मान्छे विदेशमा छ । यहाँसम्म छ कि शाखा अधिकृत अथवा उपसचिव, सहसचिवले सहभागिता जनाउन मिल्ने कतिपय कार्यक्रमहरुमा स्वयं मन्त्रीहरु उपस्थित हुने, सचिवहरु जाने ३ दिनको कार्याक्रमलाई ७/१० दिनको भ्रमण अवधि बनाउने अनि विदेशमा गएर आफ्नो आफन्त भेट्ने । साइडलाइन काम गर्ने । यसले गर्दा हाम्रो अत्याधिक रुपमा साधारण खर्च बढिराखेको छ । र फजुल कुरा हो । यसमा यसपटक परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयलाई बोलाएर पछिल्लो ५/६ महिनाको विदेश भ्रमणको स्थिति के छ ? औचित्य के थियो ? हेर्नुपर्छ ।’
सांसद भट्टराईले राष्ट्रिय गौरवका आयोजनाहरुले समयमै कार्य सम्पादन गर्न नसकेका भन्दै यसतर्फ समितिले गम्भिर रुपमा चासो लिनुपर्ने बताए । उनले आजका दिनसम्म सुन तस्करी छानबिन सम्बन्धी आयोगले गर्ने कार्यादेशमा समेत सहमति जुट्न नसकेको भन्दै सरकार छानबिन गर्नबाट पछि हट्दै गएको बताए । उनले आन्दोलनरत राहत शिक्षकहरुको माग सम्बोधन गरेर उनीहरुलाई तुरुन्त कक्षाकोठासम्म पुर्याउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : अन्तिम चरणमा एनपीएल, काठमाडौँमा यो वर्षाकै सबैभन्दा चिसो
-
नेपाल नर्सिङ सङ्घको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
-
पत्रकार महासङ्घ नुवाकोटको अध्यक्षमा समान मत आएपछि आलोपालो
-
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
-
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
-
नाफिजमा नयाँ कार्यसमिति निर्वाचित, कसले कति मत पाए ?