विप्लव पुत्र डा प्रकाश र डा मान्यताले गरे प्रगतिशील विवाह
बिहीबार, ११ असोज २०८०, १० : १७

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् ।
चितवनकी डा मान्यता थापासँग बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा जनवादी विवाह गरेका हुन् । चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनका क्रममा प्रकाश र मान्यताबिच प्रेम सम्बन्ध रहेको थियो ।
प्रकाश पार्टी निकट जनस्वास्थ्य सङ्घका केन्द्रीय महासचिव हुन् । मान्यता केन्द्रीय सदस्य हुन् । विवाह समारोहका नेकपाका शीर्ष नेताहरू, शुभचिन्तक तथा समर्थकहरू सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पानी ट्याङ्की’ युवा समूहको देउसी–भैलोको रकम जाजरकोटका भूकम्पपीडितलाई
-
देशको शान्ति भाँड्न न्यायाधीश नै लागे : विप्लव
-
जलवायु परिवर्तनको प्रभावबारे वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपालः राष्ट्रपति
-
मुक्तिनाथ कृषि कम्पनीको आईपीओ बाँडफाँट, ११ लाख भन्दा बढीको हात खाली
-
टिकटकमाथिको प्रतिबन्धविरुद्ध दायर रिट निवेदन न्यायाधीशद्वय माथेमा र शर्माको संयुक्त इजलासमा
-
५ मिनेटमा ६ लाख थान फोन बिक्री