अभिनेत्री एलीजा इलाम–२ बाट चुनावमा उठ्ने
बिहीबार, ११ असोज २०८०, १८ : १२

काठमाडौँ । अभिनेत्री एलीजा गौतमले इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने भएकी छिन् । केही समयअघि नागरिक उन्मुक्ति पार्टी परित्याग गरेकी उनी फेरि सक्रिय राजनीतिमा देखिन लागेकी हुन् ।
‘म इलाम–२ बाट उपनिर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएको छ । कुन पार्टीबाट उठ्ने निश्चित भएको छैन । कुराकानी धेरैसँग भएको छ । म राम्रै पार्टीबाट उम्मेदवार बन्नेछु’, उनले भनिन् ।
थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी गौतमले अनुराग चलचित्रमा अभिनय गरेकी छिन् । उनी पत्रकार ऋषि धमलाकी पत्नीसमेत हुन् ।
एमालेका उपाध्यक्षसमेत रहेका निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा आगामी वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिङ गर्नुअघि न्युजिल्यान्डका बलर ग्लेन फिलिप्सले बलमा र्याल दलेपछि
-
साधारण सदस्यसमेत नरहने गरी लोसपाबाट निलम्बनमा परे जय निशान्त
-
श्री एयरलाइन्सले आजदेखि सुरु गर्यो काठमाडौँ–सुर्खेत नियमित उडान
-
१० विधामा अवार्ड प्रदान गर्दै सकियो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड
-
मादीमा अस्पताल सञ्चालन
-
‘तिम्रो मनमा लुकेको कुरा’ मा भुवन र शर्मिलाको अभिनय