अघि बढ्यो भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजनाको काम
सुर्खेत । भेरी नदीको वारपार क्षेत्रको विकास र समृद्धिको दीर्घकालीन योजनास्वरुप भेरी कोरिडोर सिँचाई तथा नदी व्यवस्थापन आयोजना अगाडि बढाइएको छ । उक्त योजनाका लागि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ बोटेचौरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विहीवार कार्यालयको उद्घाटन गरेका छन् ।
संघ सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय मातहतमा रहने गरी कार्यालय स्थापना गरिएको हो । १२५ किमी भेरी कोरिडोर पन्चबर्षीय गुरुयोजना तयार गरी यो आयोजना आर्थिक वर्ष २०७५/७६ मा सुरु गरिएको थियो ।
सुर्खेतका ९ वटा पालिका, सल्यानको बनगाड नगरपालिकामा यो आयोजना सञ्चालन भएको कार्यालयका सिनियर डिभिज्नल इन्जिनियर ईश्वरीप्रसाद तिवारीले बताए ।
भेरी कोरिडोर गुरुयोजनामा सतह सिँचाई क्षेत्रफल ८ हजार ७०६ हेक्टर हो भने लिफ्ट सिँचाइबाट सिञ्चित गर्ने क्षेत्रफल ७ हजार २८४ हो ।
सुर्खेतको बराताल, चौकुने गाउँपालिका र पन्चपुरी नगरपालिकामा कार्यक्षेत्र छुट्याएर हाल काम भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
कुल लागत ३ अर्ब ६१ करोड ११ लाख रहेकोमा हालसम्म १ अर्ब ५२ करोड ४५ लाख ८४ हजार खर्च भएको छ । हालसम्म आयोजनाका वित्तीय प्रगति ४२.२२ प्रतिशत रहेको छ।
आर्थिक वर्ष ०७८/०७९ देखि मा ७२ वटा योजनामध्ये ५५ योजनाको काम सञ्चालन भइरहेको छ, त्यसमध्ये १७ वटा योजना सम्पन्न भइसकेका छन् ।
कुल योजनामध्ये ४७ वटा सतह सिँचाई, २० वटा लिफ्ट सिँचाई, ५ वटा तटबन्धनका योजनाहरु रहेका छन्। यी योजनाका लागि १ अर्ब लागत अनुमान गरिएको थियो । जसमध्ये ६३.८७ करोड रकम सम्झौता भएको छ। अहिलेसम्म ३७.८८ करोड रकम भुक्तानी भइसकेको कार्यालयले जनाएको छ। यी आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत रहेको छ।
कार्यालय उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले भेरी नदीको सदुपयोग गर्नका लागि यो कार्यालयको स्थापना गरिएको बताए । उनले भने, ‘कर्णाली पर्यटन, जडीबुटी लगायतले भरिपूर्ण प्रदेश रहेको र यसको विकासमा कर्णालीका सबै सांसद, नेताहरु एकबद्ध भएर लागिरहेको छौँ ।’
भेरी बबई डाइभर्सनको आयोजना सम्पन्न हुने बेलासम्म यो योजनाको काम पनि सम्पन्न हुनुपर्ने खड्काको भनाइ छ ।
कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले यो कार्यालय स्थापना हुनु भनेको भेरी कोरिडोरको समृद्धि हुनु सरह नै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु खाता १ खर्ब ४३ अर्बले बचतमा
-
विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले वृद्धि, १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
धरौटी बुझाउनासाथ फेरि पक्राउ परे दुर्गा प्रसाईं
-
एम्बुलेन्स सेवाको दुरुपयोग गर्नेलाई स्वास्थ्य मन्त्रालयको चेतावनी
-
सुन्तला राष्ट्रिय फल घोषणामै सीमित, उत्पादकत्व बढाउन आएनन् नयाँ योजना
-
चार महिनामा वस्तु निर्यात ४.२ प्रतिशतले वृद्धि