कर्णालीमा एमाले अधिवेशन : अझै सुरु भएन मतदान
सुर्खेत । वीरेन्द्रनगरमा जारी नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशन अन्तर्गत मतदान अझै सुरु हुन सकेको छैन । सनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि दुई बजेसम्म पनि मतदान प्रक्रिया सुरु हुन सकिरहेको छैन ।
अहिलेसम्म उम्मेदवारको समेत अन्तिम नामावली प्रकाशन भएको छैन । बिहान ८ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेपनि अहिलेसम्म कार्यतालिका नै प्रकाशन हुन नसकेको हो ।
यहि अवस्था हो भने अधिवेशनको समय अझै लम्बिने देखिएको छ । नेतृत्वका लागि अहिलेसम्म पाँच जनामध्ये राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिइसकेका छन् भने गुलावजंग शाह, प्रकाश रोकाया र मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
नेता, कार्यकर्ताहरु भने सिटीहल बाहिर बसिरहेका छन् । निर्वाचन आयोगले यो विषयमा कुनै जानकारी नदिँदा नेता, कार्यकर्ताहरु भने दिक्क बनिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु