प्रधानमन्त्री प्रचण्डले दिए राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमणको निम्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा अमेरिकाको न्यूर्योकमा सहभागी हुने क्रममा महासचिव गुटरेससँग दुईपक्षीय भेटवार्ता भएको र सो क्रममा आफूले निमन्त्रणा गरेको बताएका छन् ।
भेटको क्रममा नेपालले शान्ति प्रक्रियामा गरेको प्रगति, नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघको सहयोग, संयुक्त राष्ट्रसंघको विकास र सुदृढीकरणमा नेपालको समर्थन तथा संयुक्त राष्ट्रसंघ अन्तर्गत शान्ति स्थापनार्थ कार्यमा नेपालले पुर्याएको योगदानको विषयमा छलफल भएको जानकारी दिएका छन् । सो क्रममा महासचिवलाई नेपाल भ्रमणको लागि पुनः आमन्त्रण गरेको र आफ्नो निमन्त्रणा स्वीकार गरी छिट्टै नेपाल भ्रमणमा आउने उल्लेख गरे ।
यस्तै प्रचण्डले एन्टिगुवा र बारमुडाका प्रधानमन्त्रीले आयोजना गरेको ‘यूनाइटेड नेशन्स फ्रेन्डस अफ भिजन हाई लेभल ब्रिफ कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै नेपालले आँखाको उपचारमा हासिल गरेका उपलब्धि प्रस्तुत गरेको जानकारी गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा अदालतले आदेश सुनाउँदै, इजलास बाहिर प्रतिवादी
-
१० बजेसम्म आएन आदेश, आदेशको प्रतीक्षामा बस्नेहरु तस्बिरमा हेर्नुहोस्
-
अनेरास्ववियु महाधिवेशनमा १४५० मत खस्यो, परिणाम केहीबेरमा
-
दुर्गा प्रसाईंको मुद्दामा आदेश आउँदै
-
विमानमा सवार २४२ जनामध्ये एक जनामात्रै बाँचे
-
‘न्यायकर्तामाथि भौतिक हमला गर्नु आपराधिक कार्य हो, सहन सकिँदैन’