रोटरी क्लब भक्तपुरको प्रेसिडेन्टमा गंगालक्ष्मी अवाल चयन

भक्तपुर । रोटरी क्लब भक्तपुरको प्रसिडेन्टमा गंगालक्ष्मी अवाल चयन भएकी छिन् । क्लबको २० औं कार्यसमिति गठन कार्यक्रमबाट उनलाई नयाँ नेतृत्व प्रदान गरिएको गरिएको हो । भक्तपुरमा आयोजित एक कार्यक्रममा रोटरीका डिस्ट्रिक (नेपाल र भुटान) गभर्नर राजेन्द्रप्रसाद ध्वजुले अवालेलाई अध्यक्षको मेडलसहित जिम्मेवारी प्रदान गरे ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी उनी १३ वर्षदेखि रोटरी क्लबमा आबद्ध थिइन् । कार्यक्रममा अध्यक्षसहित १६ जनाको कार्यसमिति समेत घोषणा गरिएको छ । कार्यसमितिमा जसमा आईपीपी विनिता हाडा प्रधानाङ्ग, प्रसिडेन्ट इलेक्ट ज्ञानेन्द्र धौभडेँल, प्रेसिडेन्ट नोमिनी राजेश त्वनावसु छन् ।
क्लबको भाइस–प्रसिडेन्टमा दशरथ प्रजापति, सेक्रेटरीमा हरिश्याम श्रेष्ठ, ट्रेजररमा खडानन्द शिवाकोटी तथा क्लबको सर्जेन्ट एक आम्र्समा ओमकृष्ण श्रेष्ठ चयन भएका छन् ।
त्यसबाहेक अन्य ८ जनलाई विधागत जिम्मेवारीसहित डाइरेक्टरको जिम्मेवारी प्रदान गरिएको छ ।
कार्यक्रममा नयाँ प्रेसिडेन्टको जिम्मेवारीसँगै पाएसँगै अवालेले अन्य सदस्यहरुलाई पद तथा इमान्दारिताको शपथ ग्रहण गराइन् । लगत्तै नयाँ कार्यसमितिको बैठक बसेको छ। कार्यसमितिले रोटरी क्लबमा ३ जना नयाँ सदस्य थप गरेको छ ।
को हुन् नवनिर्वाचित प्रेसिडेन्ट अवाले ?
भक्तपुर स्थायी घर भएकी अवाले राजनीतिकर्मी एवं सामाजिक अभियन्ता हुन् । उनी नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा राष्ट्रिय महिला किसान महासंघकी केन्द्रीय अध्यक्ष समेत हुन् ।
थाइल्याण्डस्थित एक विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि गर्दै गरेकी अवाले देशका दुर्गम क्षेत्रहरुमा हुम्ला, मुगु, कालीकोट जस्ता विकट क्षेत्रमा खाद्य सुरक्षा तथा कुप्रथाहरु अन्त्यका लागि उनले विगत लामो समयदेखि काम गरिरहेकी छिन् । विगत १३ वर्षदेखि उनी रोटरी क्लबमार्फत् सामाजिक सेवामा संलग्न हुँदै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
-
कामपाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण
-
जसपाको कोशी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट
-
रातोपाटी ब्रिफिङ : सरकार थोत्रो भइसकेको एमालेको जिकिर, प्रधानमन्त्रीले प्रस्ट्याए सरकारको धारणा
-
विप्लवविरुद्ध पक्राउ पुर्जीले तरङ्ग : के भन्छन् दलका नेताहरू ?
-
कस्तो हेलमेट लगाउने र आफैँ कसरी सफा गर्ने ? (भिडियो)