एमाले कर्णालीको प्रदेश लेखा समितिको सदस्यमा मिजाश मल्ल निर्विरोध निर्वाचित
आइतबार, १४ असोज २०८०, ०७ : ५६
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश लेखा समितिको सदस्यमा रुकुमपश्चिमका मिजाश मल्ल निर्विरोध निर्वाचित हुने भएका छन्। खुल्ला दुई सदस्यमा मल्लको एकल उम्मेदवारी परेपछि मल्ल सर्वसम्मत निर्वाचित हुने भएका हुन्।
प्रदेश लेखा समितिको दुई सदस्य खुलातर्फ मल्लको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित हुने सम्भावना बढेको छ। मल्ल एमाले प्रदेश अधिवेशनमा सबै भन्दा कान्छो प्रतिनिधि समेत हुन्।
उनी अनेरास्ववियु कर्णाली प्रदेश सह–संयोजक समेत छन्।