बारा हत्याकाण्ड : अजितकुमार सिंहको हत्या योजनाकार पत्नी सोनम

काठमाडौँ । बाराको पचरौता नगरपालिका–६ स्थित लक्ष्मिनियामा असोज ९ मा अजितकुमार सिंहको गोली हानेर हत्या भयो । साँझ ६ बजे नेपाल भारत सिमानाको ७ सय मिटर नेपालतर्फ लक्ष्मिनियाँस्थित पोखरीमा २२ वर्षीय अजितकुमारको हत्या भएको थियो । मृतक भारतको मोतिहारीका स्थानीय हुन् ।
हत्यामा संलग्न आरोपमा प्रहरीले अजितकी पत्नी २३ वर्षीय सोनम सहनी सिंहलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । सोनम सिंहसँग मिलेर सुजितकुमार सिंहको समूहले अजितको हत्या गरेको अनुसन्धानबाट थाहा भएको बाराका एसपी सुरेश काफ्लेले रातोपाटीलाई बताए । सुटर २५ वर्षीय सुजितकुमार सिंह पनि भारतीय नागरिक हुन् ।
हत्या अरोपित सुजितकुमार सिंह र सोनम सहनी विवाहेत्तर सम्बन्धमा थिए । विवाहेत्तर सम्बन्धका कारण पत्नीसँग मिलेर सुजितले हत्या गर्ने योजना बनाएको एसपी काफ्लेले जानकारी दिए । मृतक पत्नी बाराको सिम्रौनगढमा बस्दै आएकी थिइन् । घटना भएको दिन अजितले चलाएको मोटरसाइकलमा सुजितकुमार सिंह पछाडि बसेर आएका हुन् । लक्ष्मीनियामा आएपछि मोटरसाइकल रोक्न लगाएर सुजितकुमारले अजितलाई गोली प्रहार गरेका हुन् ।
अर्को मोटरसाइकलमा आएका ३ जना युवकले घटनास्थल रेकी गरेका थिए । करिब ३ वर्षअघि भारतको घोडासनमा मृतक र आरोपित मिलेर सुन लुटपाट गरेका थिए । सुनको ८ लाख नगदबारे उनीहरू बीचमा विवाद भएको अनुसन्धानबाट थाहा भएको छ ।
सुन बेचेर आएको रकम उनीहरुले भारतको छौडादानोमा जग्गा प्लटिङमा लगानी गरेका थिए । छौंडादानोको जग्गाको हिस्साबारे विवाद हुँदा सुजितले मृतक पत्नी सोनमसँग मिलेर हत्या गर्ने योजना बनाएको बाराका एसपी काफ्लेले जानकारी दिए ।
हत्यापछि सुजितले बाराको सिम्रौनगढस्थित डेरामा बस्ने सोनमलाई फोन गरेर काम भएको जानकारी दिँदै कोठाबाट भाग्न भनेका हुन् । हत्यामा संलग्न सुटर सुजितकुमार सिंहसहित ४ जना फरार छन् ।
मृतक र सुटर एउटै समूहका हुन् । पैसाको विषयमा विवाद भएर समूहमा अजित अगाडी बढ्न खोजेपछि उनको हत्या गरिएको थाहा भएको छ । सो समूहले २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत–१४ का उपप्रमुखको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।
२०७९ पुस ८ मा भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई सो समूहले गढीमाई नगरपालिका–२ स्थित भुतही पुलमा हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
-
माओवादी नेताहरूलाई प्रश्न : टीआरसीसँग कुलमान सौदाबाजी हो ?
-
गुल्मीमा प्रधानमन्त्रीको पुत्ला जलाइयो