समाचार
अनमोल केसी हाजिर–जमानीमा रिहा
आइतबार, १४ असोज २०८०, २१ : ४१

काठमाडौँ । अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा भएका छन् । शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
अनमोलविरुद्ध प्रहरीले आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । आइतबार नै ३ दिन पुरा भइसकेको र उनलाई सोमबार अदालत लैजानुपर्ने अवस्था थियो । तर, प्रहरीले उनलाई त्यसअघि नै रिहा गर्ने निर्णय गरेको छ ।
अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छाड्ने निर्णयसँगै उनी जिल्ला प्रहरी परिसर टेकुबाट रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’
-
कसैलाई हिरासतमा थुनेर जनताको निराशा हटाउन सकिन्न : जनार्दन शर्मा
-
अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो
-
ट्रम्पको गतिविधि हेरेर छक्क परेर बस्ने छुट हामीलाई छैन
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब