नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौँको अध्यक्षमा दाहाल

काठमाडौँ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ काठमाडौँ जिल्ला शाखाको अध्यक्षमा नारायणप्रसाद दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार राजधानीमा सम्पन्न महासंघको आठौँ साधारणसभाले दाहाललाई निर्विरोध चयन गरेको हो ।
यसैगरी प्रथम उपाध्यक्षमा बिष्णु गिरी, द्धितिय उपाध्यक्षमा दिलीप पुरी, सचिवमा तुलसीप्रसाद अगस्ती, कोषाध्यक्षमा केदारबहादुर कार्की र सहसचिवमा किशोर पौडेल निर्वाचित भएका छन् ।
लेखा समितिको संयोजकमा कमल रिजाल भए भने सदस्यहरुमा कमल अछामी, गोविन्द पौडेल, धनञ्जय पौडेल, पदम भण्डारी, राजन शिवाकोटी, सुरज पाण्डे, बाबुराम आचार्य, राजेन्द्र रिजाल, इश्वरी मरासैनी, नुदप्रसाद तिमिल्सिना, भोजराज बास्तोला र मानकुमारी पाण्डे निर्वाचित भएका छन् । काठमाडौँको हातीसारस्थित नेपाल हाउसमा सम्पन्न साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
सर्वोच्च अदालतको आदेश विपरीत विद्यालय हाताभित्रबाट अवैधानिक ढंगबाट बिक्री वितरण भइरहेको पुस्तक तथा कापीहरूलाई रोक्न नयाँ कार्यसमितिले कुनै कसुर नराख्ने बताएको छ ।