खेलकुद
नेपालविरुद्ध भारतको विस्फोटक सुरुवात, ९.१ ओभरमा सय रन पूरा
मङ्गलबार, १६ असोज २०८०, ०७ : ३२

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको क्वार्टरफाइनल खेलमा भारतले नेपालविरुद्ध विस्फोटक सुरुवात गरेको छ । भारतले १० औँ ओभरको सुरुवातमा बिना कुनै विकेट गुमाई १ सय रन पुरा गरेको छ ।
यशस्वी जैसवालले ७० रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा ६ चौका र ५ छक्का हिर्काएका छन् । रुतुराज गाइकवाडले २२ बल २५ रन बनाएका छन् ।
आजको नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करन केसी, अभिनाष बोहोरा, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने छन् । नेपाली टोली समूहगत चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै क्वार्टरफाइनलमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रकाश सपुत विवाद : भिडियो निर्माता शुभारम्भले माग्यो माफी
-
आलु र प्याजमा भ्याट : व्यवसायीद्वारा कारोबार ठप्प
-
‘माउन्टेनियरिङ स्टडी’मा युवा आकर्षण
-
सामुदायिक विद्यालयले विद्यार्थी खाजाको रकममा अनियमितता गरेको महानगर प्रमुखको आरोप
-
अस्थायी सरकार निर्माण र गोलमेल सम्मेलन सम्बन्धमा वैद्यको पार्टीले अन्तरक्रिया गर्दै
-
'एनसेलको शेयर खरिद बिक्री प्रकरणको अनुसन्धान गरी कानुनी दायरामा ल्याउनुपर्छ'