भारतका कप्तानलाई आउट गराए दीपेन्द्रले
मङ्गलबार, १६ असोज २०८०, ०७ : ३६

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले भारतको पहिलो विकेट लिएको छ । ९.५ ओभरमा नेपाली बलर दीपेन्द्रसिंह ऐरीले भारतका ओपनर ब्याट्सम्यान रुतुराज गाइकवाडको विकेट लिएका हुन् ।
ऐरीले गाइकवाडलाई २५ रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । गाइकवाड भारतीय टोलीका कप्तान पनि हुन् । पहिलो विकेट गुमाउँदा भारतले एक सय तीन रन बनाएको छ । भारतका अर्का ओपनर यशस्वी जैसवाल ७३ रन बनाउँदै क्रिजमा छन् ।
त्यसअघि जैसवाल र गाइकवाडले भारतका लागि एक सय तीन रनको साझेदारी गरेका थिए । भारतले टस जिती पहिलो ब्याटिङको निर्णय लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेलको सेयर खरिद बिक्रीबारे अदालतको आदेशदेखि छानबिन समिति गठनसम्म
-
लुम्बिनीमा धेरै विदेशी लगानीकर्ताले लगानी गर्न चाहेका छन् : मुख्यमन्त्री चौधरी
-
शाही युवा शक्तिका अध्यक्ष खड्का रिहा
-
दूतावासको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभान्वित, ९६ लाख राजश्व संकलन
-
सिरहामा लागु औषधसहित एक पुरुष पक्राउ
-
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प