मङ्गलबार, १५ फागुन २०८०
ताजा लोकप्रिय

पश्चिम नेपालमा भूकम्पको धक्का

मङ्गलबार, १६ असोज २०८०, १५ : १०
मङ्गलबार, १६ असोज २०८०

सुर्खेत । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । 

यस्तै ३ बजेर ५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप