मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय
बझाङ भूकम्प

तलकोटकी उपाध्यक्ष भन्छिन्–भूकम्पले भौतिक संरचना ध्वस्त भए

मङ्गलबार, १६ असोज २०८०, १५ : ५७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौं । मंगलबार दिउँसो बझाङ केन्द्रबिन्दु भएर  गएको भूकम्पले भौतिक संरचनामा ठूलो क्षति भएको छ ।

बझाङको तलकोट गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुमारी भण्डारीले भौतिक संरचनामा ठूलो क्षति भएको रातोपाटीलाई बताइन् । उनले भनिन्, ‘मानवीय क्षतिको विवरण आइसकेको छैन । कतिपय वडा कार्यालय, विद्यालयका भवनहरु ध्वस्त भएको अवस्था छ ।’

भूकम्पले बाटोहरुमा पहिरो आएको उनको भनाइ छ । ‘पहिरो आएर बाटो बन्द भएको छ । ‘हामी अहिले घर बाहिर छौँ ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप