शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

समाजवादी जागरण अभियान : तीन दिनमा १३ सभा

मङ्गलबार, १६ असोज २०८०, १७ : २०
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जागरण अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभा भएका छन् । सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले झापाबाट सुरु भएको अभियान अन्तरगत तीन दिनमा साना ठुला गरी १३ वटा सभाहरू सम्पन्न भएको जानकारी दिए । 

उनका अनुसार मंगलबार सिराहा सदरमुकाममा १५० भन्दा बढी पार्टी प्रवेश गरेका छन् । 

आजै सप्तरीको छिन्नमस्ता, सप्तरीको चन्ही, सिराहाको भगवानपुर र सिराहाको सिराहामा भव्य कार्यक्रम सम्पन्न भएको उनको भनाइ छ । यस्तै आज धनुषाको जदुकाहामा कार्यक्रम सम्पन्न गरी जनकपुर बास बसिने उनको भनाइ छ । 

उनका अनुसार आज मात्र सिरहासहित विभिन्न स्थानमा भएको कार्यक्रममा ६५० भन्दा बढी विभिन्न पार्टीबाट  र स्वतन्त्र नागरिकहरू एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । यस्तै अघिल्ला २ दिनमा पनि ५०० भन्दा बढी पार्टी प्रवेश गरेका थिए । 

असोज १४ मा अध्यक्ष माधव नेपालले काँकडभिट्टाबाट शुभारम्भ गरेको अभियान अन्तरगत झापा, मोरङ ,सुनसरी ,सप्तरी र सिराहामा कार्यक्रम सम्पन्न भइसकेको छ । १५ दिने अभियान कञ्चनपुरमा पुगेर सम्पन्न हुने सो पार्टीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप