६ महिनामा २२ वटा भूकम्पको धक्का, सुदूरपश्चिममा मात्रै १५ वटा
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा ६ महिनाको अवधिमा १५ वटा भूकम्मको धक्का मापन भएको छ । वैशाखयता सो प्रदेशमा साना ठुला गरी चार म्याग्निच्युडमाथिका १५ वटा भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ५.३, ६.३ र ४.१ दुई वटा म्याग्निच्युडको भूकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । ३ बजेर ६ मिनेट जाँदा बझाङको चैतपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसअघि २ बजेर ४० मिनेटमा पनि बझाङकै तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै ३ बजेर ४५ मिनेट र ४ बजेर २८ मिनेटमा थप दुई वटा ४.१ म्याग्निच्युडको पराकम्प गएको केन्द्रको भनाइ छ । यसैगरी ४ बजेर ३१ मिनेटमा ४ दशमलव ३ म्याग्निच्युडको अर्को भूकम्पको धक्का पनि मापन भएको छ ।
भूकम्पबाट निजी र सार्वजनिक भौतिक संरचनामा क्षति भएपनि हालसम्म मानवीय क्षति नभएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
यसअघि वैशाख १० गते बाजुरालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । बाजुरामै केन्द्रबिन्दु बनाएर वैशाख १४ मा ४.९, वैशाख १५ मा ५.९, ४.१ मा, २१ मा ४.१ र वैशाख २८ मा ४.३, जेठ ८ गते ४.१ र जेठ २९ गते बाजुरामै केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । यसैगरी सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर जेठ १० गते ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । असार ५ गते दार्चुलालाई केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स्केललको भूकम्प गएको केन्द्रको तथ्याङ्कले देखाएको छ ।
सुदूरपश्चिमबाहेक वैशाख १८ मा हुम्लालाई केन्द्रबिन्दु बनाएर ४.०, जेठ ७ गते रुकुम पूर्वमा ४.१, असार ८ गते लमजुङमा ४.०, असार २८ मा हुम्लामा ४.६ , साउन ३ गते कास्कीलाई केन्द्रबिन्दु बनाएर ४.० म्याग्निच्युडको भूकम्प गएको थियो । यसैगरी भदौ १५ गते पूर्वी नेपालको भोजपुरलाई केन्द्रबिन्दु बनाएर ४.० र पाँचथरलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।
यसरी हेर्दा पछिल्लो ६ महिनामा नेपालमा २२ वटा भूकम्पको धक्का गएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रविको हिरासतबारे ज्ञानेन्द्र शाही चिन्तितदेखि धनगढीका मेयर हमाललाई ब्रेन अट्याकसम्म
-
‘पाँचौँ आइवार्ट नेपाल छोटो चलचित्र प्रतियोगिता २०२४’ सम्पन्न
-
छेबाङ लामाको ‘एकोहोरो माया’ मा मिरुनाको अभिनय
-
पाकिस्तानमा बन्दुकधारीको आक्रमण, ६ सैनिकको मृत्यु
-
दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल
-
सम्झौता मितिभन्दा सात महिनाअघि नै बन्यो पुल