बुद्धचित्त मालाको कमिसन विवादमा भक्तपुरबाट युवकको अपहरण

काठमाडौँ । बुद्धचित्त मालाको कमिसनबारे विवाद हुँदा भक्तपुरको थिमीबाट एकजना युवक अपहरणमा परेका छन् । काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका देव सिंह तामाङ अपहरणमा परेका हुन् ।
सोमबार साँझ अपहरित युवकलाई नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’बाट प्रहरी वृत्त महाराजगन्जका इन्स्पेक्टर राजन ढकाल नेतृत्वको टिमले अपहरण मुक्त गरेको थियो । अपहरणमा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–६ घर भएका भोज लामा उर्फ भोजे र तेमाल गाउँपालिका–५ घर भएका ३६ वर्षीय आशालाल लामा छन् ।
आरोपितहरु विरुद्ध जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए । आरोपितहरू विरुद्ध प्रहरी वृत्त महाराजगन्जबाट मुद्दा चलाइएको छ ।
अपहरणमा संलग्न आशा लाल बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाका सालो हुन् । सामाखुसी बस्दै आएका ३३ वर्षीय भोज लामा मन्त्री तीर्थ लामाको पारिवारिक सदस्य हुन् ।
भक्तपुरस्थित थिमिबाट बा.२ ज २६७३ नम्बरको ट्याक्सीमा राखेर आरोपितहरूले युवकलाई मुलपानी, बौद्ध र चाबहिल हुँदै सामाखुसीमा लगेका हुन् । गोङ्गबु नयाँ बसपार्कस्थित ‘द बर्गर हाउस’ मा बन्धक बनाएर आरोपितहरूले कुटपिट गरेपछि पीडितका आफन्तले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।
बुद्धचित्त मालाको कमिसनबारे विवाद भएपछि देव सिंहलाई अपहरण गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । काभ्रेमा फल्ने बुद्धचित्त माला चिनियाँ नागरिकहरूले खरिद गर्ने गरेका छन् ।
चिनियाँ नागरिकले दिएको रकमबारे उनीहरूको बीचमा विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ