धर्मगुरु आचार्य श्रीनिवासलाई तत्काल रिहाइ गर्न माग

जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले धर्मगुरु आचार्य श्रीनिवास महाराजलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । बुधवार रामानन्दिय वैष्णव सङ्घले पत्रकार सम्मेलन गर्दै धर्मगुरु आचार्य श्रीनिवास बिना सर्त तत्काल रिहा गर्न माग गरेको हो ।
उनलाई तत्काल रिहाइ नगरे आन्दोलन गर्ने चेतावनी समेत साधुसन्तहरुले दिएका छन् । संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई तत्काल रिहाइ गर्न माग गरे । उनले धर्मगुरुलाई रिहाइ नगरे भोलि ३ बजे जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा अर्का वक्ता महन्थ दासले श्रीनिवास आचार्यले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिएको स्विकार्दै आत्मरक्षा स्वरूप खुकुरी देखाएको बताए । उनले हाम्रो देशमा गौहत्या गर्नेलाई केही नगर्ने तर गौ रक्षा प्रति टिप्पणी मात्र गर्नेलाई पक्राउ गरिएको भन्दै प्रशासनको सो कदमको निन्दा गरे ।
असोज १२ गते गौहत्याविरुद्ध विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्यालीमा बोल्दै धर्मगुरु श्रीनिवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मङ्गलवार साँझ सुनसरीबाट पक्राउ गरेको थियो । आचार्यलाई आज प्रहरीले जनकपुरधाम ल्याउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा गुगलको अर्को विशाल साइबर सुरक्षा केन्द्र स्थापना
-
कानुनी सहायतासम्बन्धी सम्मेलन भारतमा सम्पन्न : नेपालका प्रधानन्यायाधीशसहित सहभागी
-
कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी रक्षामन्त्री खड्कालाई
-
प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन दुबई प्रस्थान
-
रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका मुख्य समाचार
-
विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ