मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

इमर्जिङ्ग नेपालको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त

बुधबार, १७ असोज २०८०, २१ : २९
बुधबार, १७ असोज २०८०

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको ७९औँ सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ । कम्पनीले उप्रेतीलाई असोज १८ देखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । 

उप्रेती यसअघि एन आई सी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । 

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विशाल उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप