नेपाली गायिका मेनुका पौडेललाई ‘इन्डियन आइडल’मा गोल्डेन माइक
आइतबार, २१ असोज २०८०, १२ : ३५

काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलले ‘इन्डियन आइडल सिजन १४’ को अडिसनमा गोल्डेन माइक जितेकी छन् । अडिसनमा ‘तुम्हारे बिना हमरा कोनो नही’ बोलको क्लासिकल भजन उनले गाएकी थिइन् । गोल्डेन माइकसँगै उनी टप १५ मा सेलेक्ट भएकी छन् ।
मेनुकाले गीत गाउँदै गर्दा ‘शो’ का निर्णायकमध्ये एक श्रेया घोसाल भक्कानिएकी थिइन् । अडिसनमा उनले गाएको गीतबाट प्रभावित भएर शो निर्णायक श्रेयाको अलवा विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिएका थिए ।
‘शो’ का निर्णायक सबैले मेनुकाको गायनको तारिफ समेत गरेका थिए । झापा हल्दिबारीकी मेनुकाले २०७४ सालमा नेपाल आइडलमा प्रतिस्पर्धा गरेकी थिइन् ।
उनले २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् । उनले तीस आधुनिक लगायत थुप्रै नेपालीमा गीत गाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला