राजधानीको पेप्सिकोलाबाट ५ लाख बराबरको धनमाल चोरी
मङ्गलबार, ३० असोज २०८०, १३ : २५
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलाबाट ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
पेप्सीकोला स्थित लक्ष्मण श्रेष्ठको घरबाट धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
घर पछाडिको कोठा फुटाई प्रवेश गरेर चोरले मोबाइल, सुनका गहना र नगद चोरेर फरार भएको भेटिएको छ । चोरीमा संलग्न व्यक्ति फरार छन् । घटनाबारे प्रहरी प्रभाग काँडाघारीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का