अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध
वासिङ्टन । इजरायलमा हमास समूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ ।
अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी गरेको वक्तव्यमा भनिएको छ, “बालबालिकासहित इजरायली नागरिकको निर्मम र अकल्पनीय नरसंहारपछि अमेरिकाले हमासका वित्तदाता र सहजकर्तालाई लक्षित गर्न तीव्र र निर्णायक कदम चालिरहेको छ ।”
हमासले गत अक्टोबर ७ मा इजरायलमा एक्कासी आक्रमण गर्दा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । इजरायलले युद्धको घोषणा गरेपछि र जवाफी हमला सुरु गरेपछि गाजामा करिब तीन हजार मानिसको मृत्यु भएको हमासका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार इजरायलको भ्रमण गर्ने क्रममा उक्त प्रतिबन्ध लगाइएको हो । येलेनले भने, “अमेरिकी अर्थमन्त्रालयले आतङ्कवादको वित्तपोषणलाई प्रभावकारी रूपमा अवरोध गरेको लामो इतिहास छ र हामी हमासविरुद्ध हाम्रा उपकरणहरू प्रयोग गर्न हिचकिचाउने छैनौं ।”
उहाँले हमासले ‘ज्यादती’ गर्नका लागि आर्थिक सहयोग जुटाउने क्षमताबाट बञ्चित गर्न वासिङ्टनले आवश्यक सबै कदम चाल्ने बताएका छन् ।
अमेरिकाले यसअघि पनि हमासलाई आतंकवादी सङ्गठन घोषणा गरिसकेको छ ।
अहिलेसम्म इरानी शासन र हमास र हिजबुल्लाहलगायतका समूहद्वारा आतङ्कवाद र आतङ्कवादी वित्तपोषणसँग सम्बन्धित करिब एक हजार व्यक्ति र संस्थाहरूलाई निशाना बनाइएको ट्रेजरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय मुक्ति पार्टी र नेपाल जनमुक्ति पार्टीबिच कार्यगत एकता
-
वैशाख मसान्तसम्ममा सयौँ योजनामा एक अर्बभन्दा बढी बजेट रकमान्तर
-
‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’
-
विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउन गम्भीर छु : शिक्षामन्त्री
-
सारा र सिद्धान्तको ब्रेकअप !
-
गोनोरियाविरुद्ध विश्वकै पहिलो खोप लञ्च गर्दैछ बेलायत