राष्ट्रपति पौडेलसँग राष्ट्रसंघका महासचिव गुटरेसद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
आइतबार महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति पौडेलसँग शितल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्तामा महासचिव गुटरेस र राष्ट्रपति पौडेलबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको बताइएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारको रुपमा संयुक्त राष्ट्रसंघलाई नेपालले उच्च प्राथमिकता तथा महत्वमा राखेको बताउँदै राष्ट्रसंघ तथा यस अन्तर्गतका विशिष्टिकृत एजेन्सी, कोष तथा कार्यक्रमले नेपालको आर्थिक, सामाजिक तथा दिगो विकास लक्ष्य प्राप्तिमा पुर्याएको निरन्तर सहयोग र योगदानका लागि महासचिव गुटरेसलाई धन्यवाद समेत दिएका छन् ।
त्यसअघि महासचिव गुटरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर महानगरले कलेज अफ आर्ट स्थापना गर्ने
-
धादिङको परेवा भिरमा सुख्खा पहिरो, एकतर्फी सवारी सञ्चालन
-
हेटाैँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
अख्तियारद्वारा दुई कर्मचारी पक्राउ, थप दुई कर्मचारीको मोबाइल बरामद