राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमण
संयुक्त राष्ट्रसंघका महासचिवको सम्मानमा रात्रिभोज, तस्बिरमा हेर्नुहोस्
आइतबार, १२ कात्तिक २०८०, १९ : ५५

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका छन् । रात्रिभोजमा नेपाल सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटरेस चारदिने भ्रमणका क्रममा शनिबार राति काठमाडौँ आइपुगेका हुन् । आइतबार उनले प्रधानमन्त्री दाहाल, राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउद, रक्षामन्त्री पूर्णबहादुर खड्का, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनले पाटन दरबार क्षेत्रको अवलोकन समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयर इण्डियाको विमान दुर्घटनाप्रति जनार्दन शर्माद्वारा दुःख व्यक्त
-
स्कटल्याण्डका जर्ज मुन्से बने एकदिवसीयमा सबैभन्दा उच्च स्कोर बनाउने एसोसिएट ब्याटर
-
न्यायाधीशमाथि कालोमसी छ्याप्नेहरूलाई कारबाही गर्न माग
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे