मध्य पूर्वमा तनाव बढे पनि घट्यो तेलको भाउ

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ सोमबार घटेको छ । मध्यपूर्वमा द्वन्द्व साम्य हुने कुनै सङ्केत छैन । गाजा पट्टीमा इजरायलले सैन्य बल पठाएपछि तनाव चुलिएको छ । तर अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको यही हप्ता बस्ने मौद्रिक नीतिगत बैठक र चीनको म्यानुफ्याक्चरिङ डेटाको पर्खाइमा लगानीकर्ता सतर्क देखिएपछि तेल बजारमा दबाब सृजना भएको छ ।
लन्डनस्थित आईसी एक्सचेञ्जको कोमेक्स डिभिजनमा सोमबार कच्चा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्टको भाउ १ दशमलव ६ प्रतिशतले घटेर प्रतिब्यारेल ८९ डलर ५२ सेन्टमा झर्यो । न्यूयोर्क मर्कन्टाइल एक्चसेञ्जको कोमेक्स डिभिजनमा अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ पनि १ दशमलव १६ प्रतिशतले घट्दै प्रतिब्यारेल ८४ डलर ५५ सेन्टमा आएको थियो ।
लगानीकर्ताहरू बुधबार बस्ने फेडको नीतिगत बैठकको नतिजा कुरिरहेका छन् । अमेरिकाको रोजगारी तथ्याङ्क र एप्पलको त्रैमासिक प्रतिवेदनले अर्थतन्त्रमा सुस्तीको सङ्केत गर्यो भने विश्वको सबैभन्दा धेरै तेल खपत गर्ने अमेरिकाको इन्धन माग प्रभावित हुनेमा लगानीकर्ताको ध्यान छ ।
इजरायल–हमासबिच जारी युद्ध मध्य पूर्वका अन्य क्षेत्रमा समेत पोखिने भय बढ्दा शुक्रबार ब्रेन्ट र डब्ल्यूटीआई दुवैको भाउ ३ प्रतिशतभन्दा धेरैले बढेका थिए । तर सप्ताहान्तमा युद्ध अन्यत्र नभड्किने सङ्केत आएपछि तेलको भाउ घट्न थालेको हो । गएको हप्ता तीन हप्तायता पहिलो पटक कच्चा तेलको भाउमा साप्ताहिक कमी आएको थियो । यही हप्ता चीनको सेवा र कारखाना क्षेत्रको उत्पादनको तथ्याङ्क पनि आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्
-
एनआरएनएको विदेशका शाखामा निर्वाचन गराउन घलेले तोके कुँवरलाई कमाण्डर
-
१० बजे १० समाचार : केआईआईटी प्रकरणमा कूटनीतिक पहल जारी, ज्ञानेन्द्र शाहको सन्देशले राजावादी उत्साहित