प्रशंसा बटुल्दै मेनुका
काठमाडौँ । नेपाली गायिका मेनुका पौडेलको चर्चा यतिबेला चुलिँदो छ । अहिले इन्डियन आइडलमा प्रतियोगीको रूपमा दमदार प्रस्तुति दिँदै आएकी उनले सबैको मन जित्न सफल भएकी छन् । गत शनिवार बेलुका उनले दिएको प्रस्तुतिको बलिउड निर्देशक महेश भट्टले पनि प्रशंसा गरेका छन् । उक्त प्रस्तुतिमा उनले भट्टकै निर्देशन रहेको हिट फिल्म ‘जख्म’ को गीत ‘गली मे आज चाँद निस्का’ गाएकी थिइन् । जसलाई सबैले तारिफ गरेका थिए ।
मेनुकाले उक्त गीत गाउँदा महेशसहित जजहरू श्रेया घोषाल, विशाल दिदलानी भावविह्वल देखिन्थे । प्रस्तुति सकिएपछि उनीहरुले मेनुकालाई स्ट्यान्डिङ ओभेसन पनि दिएका थिए ।
कार्यक्रममा स्टेजमा पुगेर महेशले मेनुकालाई अँगालो हाले र टाउकोमा चुम्बन समेत गरेका थिए । त्यसपछि प्रशंसा गर्दै भने, ‘मलाई आज यकिन भएको छ । एउटा आँखा हृदयभित्र पनि हुन्छ । जसबाट तपाईँले संसारलाई देख्नुहुन्छ । छोरी जुन चन्द्रमा तिमीले देखाएकी छौ, त्यो चन्द्रमा त कहिल्यै देखेको छैन ।’
पौडेलको गायनको प्रतियोगितामा जर्जका अलवा सामाजिक सञ्जालमा पनि हुने गरेको छ ।
पौडेलको अहिले प्रतियोगितामा अन्तिम १५ को प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगिताको सुरुमै गोल्डेन माइक जितेर उनले चौतर्फी पाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी विश्वकप लिग–२ : नेपाल ओमनसँग पराजित
-
ज्ञानेश्वरबाट ९ लाखको धनमाल चोरी
-
राउटे समुदायका एक युवकको मृत्यु, १३४ मा झर्यो जनसङ्ख्या
-
सुनको मूल्य घट्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
भूकम्पले भत्काएको राष्ट्र बैंकको थापाथली भवन बल्ल पुनर्निर्माण सकियो
-
शासन व्यवस्थालाई सुदृढीकरण गर्दै विकासको मार्गमा लैजानुपर्छ : मुख्यमन्त्री शाह