सोमबार, २१ फागुन २०८०
ताजा लोकप्रिय

ध्यानको हिरा

बिहीबार, ३० कात्तिक २०८०, ११ : १६
बिहीबार, ३० कात्तिक २०८०

एउटा गाउँमा एक जना दाउरे बस्थ्यो । ऊ दिनै जङ्गल जान्थ्यो । जङ्गलबाट काठ काटेर सहर पु¥याउँथ्यो । त्यही बेचेर आफ्नो रोजीरोटीको समस्या हल गथ्र्याे । दिनदिनै ऊ जङ्गल जान्थ्यो । तर काठ नभेट्ता कहिलेकाहीँ भोकै पनि पथ्र्याे ।

जङ्गलमा एक अद्भुत फकिर बस्थ्यो । उसले रोजरोज त्यस दाउरेलाई देख्थ्यो । उसको दुःखपूर्ण जीवन देखेर फकिरलाई दया आयो ।  एक दिन उसले दाउरेलाई भन्यो– “मूर्ख मान्छे ! जङ्गलको छेउबाटै दाउरा काटेर किन फर्कन्छौ ? जङ्गलको अलि भित्र किन जाँदैनौ ?” 

दाउरेले भने– “जङ्गलको अलिभित्र गएर के हुन्छ र ? आखिर मैले काट्ने दाउरा जङ्गल छेउमै मिलिरहेको छ ।”

फकिरले सम्झायो– “तँ थोरै अगाडि बढ् जङ्गलमा । तँ छेउबाटै दाउरा काटेर फर्केको कारणले दरिद्र भएको होस्, अलि अगाडि गइस् भने धनी हुने छस् । किनभने अलि अगाडि जङ्गलमा तामा खानी छ ।” 

फकिरको कुराले त्यो मानिस केही अगाडि बढ्यो । नभन्दै तामा खानी भेट्यो । ऊ दाउराको  साटो तामा बेच्न थाल्यो । केही दिन पछि फेरि त्यो फकिर भेटियो ।

फकिरले भन्यो– “बेवकुफ, अझै तँलाई  थाहा भएन ? दाउराको ठाउँमा तामा भेटिस्, त्यसमै मक्ख परिस् । त्यो ठाउँभन्दा अझ अगाडि गएको छस् ? त्यहाँ चाँदीको खानी छ ।” 

ऊ फेरि केही अझै सम्पन्न  बन्यो ।

त्यो फकिर एक दिन डुलिरहेको बेला फेरि दाउरेसित भेट भयो । उसले हकारेर भन्यो– “तेरो त बुद्धि नै छैन । तैँले मैले दिएको मन्त्र बुझ्दै बुझिनस् । त्यहाँ अझ अगडि जा त त्यहाँ त सुनको खानी छ ।”

फकिरले त्यसो भनेपछि अगाडि बढ्यो । सुनखानी भेट्यो र त्यसमै भुलियो । फकिरले अगाडि बढ् भन्दा पनि सुनमै लोभिएर त्यहीँ बस्यो ।

फेरि एक दिन फकिरले  उसलाई भेट्यो ।

बेस्सरी गाली ग¥यो– “तेरो बुद्धि कहिल्यै आएन ? तँ जड बुद्धिको मानिस रहिछस् । तँ बाहिरबाट सम्पन्न त बनिस् । तर भित्र भने दरिद्रको दरिद्रै रहिस् । तँलाई देखेर  मलाई दया लाग्छ । तँलाई कतिचोटि भनिसकेँ– अझ अगाडि जा भनेर । अगाडि हिराको खानी छ ।” ऊ अगाडि बढ्यो ।

फेरि  वर्षाैँ पछि त्यो  फकिर डुल्दै आयो । तब ऊ हिराखानीमै भुलिएको थियो । उसले विशाल महल बनाइसकेको थियो । उसको धनसम्पत्तिको डङ्गुर थुपारेको थियो ।

उसलाई देखेर फकिरले भन्यो– “दयाको पात्र दयाको पात्र नै रहिस् । तँभित्रबाट गरिबको गरिबै रहिस् । तँ हिजो जुन दाउरे थिइस् त्यही दाउरे नै रहिस् । किनकि तैँले थुपारेको सुन, सम्पत्ति, हिरा, जवाहरात सब तँदेखि बाहिर छन् । तँ त्यसभन्दा अगाडि अझ किन जाँदैनस् ?” 

त्यस मानिसले भन्यो– “तपाईं किन मेरो पिछा गरिरहनु भएको छ ? के तपाईंले मलाई चैन साथ बाँच्न नदिने ? तपाईं किन अगाडि जा, अगाडि जा हुटहुटी लगाउनु हुन्छ ? अब अगाडि गएर के मिल्छ ? अब हिरा नै पाइसकेँ भने के पाउन बाँकी छ र ?

त्यस फकिरले भन्यो– “यसभन्दा अगाडि मेरो आश्रम छ ? र असली हिरा म तँलाई दिन सक्छु । त्यो ध्यानको हिरा हो ।  अहिलेसम्म त तैँले बाहिरको खानीमा खोजी रहिस् । अब अगाडि भित्रको खानी खन्न सुरु हुन्छ ।” 

फकिरको कुरा सुनेपछि उसले भन्यो–“...तपाईंको कुरा मेरो बुद्धिले बुझ्न सकेन । मलाई यसै ठाउँमा रोकिन दिनुस् ।” 

 फकिरले भन्यो– “तेरो मर्जी । तर जुन खजाना अरू अगाडि छ, त्यो सधैँ रहनेवाला छैन । किनकि म आज छु, भोलि रहँदिनँ । जुन खजाना अहिलेसम्म पाइस्, त्यो सधैँ रहनेछ । हामीभन्दा पहिले पनि थियो । हामी पछि पनि रहनेछ ।” 

ध्यानको खजाना कहिलेकाहीँ प्रकट हुन्छ । हजारौँ वर्षमा कहिलेकाहीँ प्रकट हुन्छ । जब कुनै व्यक्तिले त्यो दुर्लभ खजाना खोज्छ, पत्ता लगाउँछ त्यो सबैका लागि द्वार बन्दछ ।

 

ओशोरचित एक ओमकार सतनामबाट ।

अनुवादक : पुण्य कार्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप