ओपनएआईमा फर्किएलान् स्याम अल्टम्यान ?

क्यालिफोर्निया । कृत्रिम बौद्धिकताले मान्छेको जागिर खाइदिने चिन्ताबीच एआई बनाउने कम्पनी ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्याम अल्टम्यानकै जागिर गयो । ओपनएआईको सञ्चालक समितिले अल्टम्यानलाई सीईओ पदबाट हटाए । कम्पनी चलाउन सक्ने उनको क्षमताप्रति सञ्चालक समितिलाई विश्वास नै भएन । ३८ वर्षीय अल्टम्यानले ओपनएआई लन्चमा कम्पनीलाई मद्दत गरेका थिए । च्याट जीपीटी बोट बनाउने कम्पनी हो ओपनएआई । च्याटजीपीटीको लञ्चपछि अल्टम्यान टेक उद्योगका हाई–प्रोफाइल व्यक्ति बनेका थिए ।
तर यतिबेला कम्पनीमाथि अल्टम्यानलाई फिर्ता ल्याउन दबाब बढिरहेको छ । कम्पनीका कयौँ लगानीकर्ताहरू अल्टम्यानको समर्थनमा आइरहेका छन् । उनलाई सीईओ पदबाट हटाउने फैसला फिर्ता गर्न केही लगानीकर्ताहरूले सञ्चालक समितिका सदस्यहरूलाई दबाब दिइरहेको खबर पनि यति बेला आइरहेको छ । अल्टम्यानको बर्खास्तीको खबरले कम्पनीका लगानीकर्ता र स्वयम् अल्टम्यान समेत अचम्मित बनेका थिए । उनको समर्थनमा कयौँ कर्मचारीले कम्पनी पनि छाडेका छन् । यसमा ओपनएआईका सह–संस्थापक ग्रेग ब्रोकम्यान पनि पर्दछन् ।
बहिनीकै कारण गएको हो त अल्टम्यानको जागिर ?
हालै अल्टम्यानको बहिनीले सामाजिक सञ्जालमा आफ्ना दाजुभाइले आफ्नो यौन शोषण गरेको आरोप लगाएकी थिइन् । यो पोष्टले निकै हंगामा मच्चाएको थियो । बहिनीको आरोपकै कारण अल्टम्यानको जागिर चैट भएको अड्कलबाजी पनि यति बेला भइरहेको छ । अल्टम्यानको बहिनी एनीले सामाजिक सञ्जालमा स्याम र ज्याकले आफ्नो शारीरिक, मानसिक शोषण गरेको अनि यौन उत्पीडन पनि गरेको बताएकी थिइन् ।
ओपनआईको भविष्यलाई लिएर अल्टम्यानले कुनै ठूलै कदम उठाउन चाहेको अनि सञ्चालक समिति यसप्रति सहमत नहुँदा उनलाई निकालिएको भन्ने खालको खबरहरु पनि आइरहेका छन् । कम्पनीमा सुरक्षा त्रुटि, गोपनीयताको हननको घटनालाई पनि अल्टम्यानको बर्खास्तीसँग जोडेर हेरिएको थियो । ओपनएआईको सबैभन्दा ठुलो लगानीकर्तामध्ये एक माइक्रोसफ्टले गएको केही दिनयता च्याटजीपीटीको प्रयोगमा रोक समेत लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनोहरामा मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ
-
आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा
-
पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री
-
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
-
‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा