अब एआईले मिलाइदिनेछ भद्रगोल ब्याकग्राउन्ड

काठमाडौँ । कहिले काहीँ घरबाट काम गरिरहेको बेलामा अनलाइन मिटिङ सुरु गर्ने बेला भइसक्छ । घर वा कोठा मिलाउने वा सरसफाइ गर्ने समय नै हुन्न ।
यस्तो अवस्थामा भद्रगोलमै मिटिङ गर्नुपर्ने हुन्छ । तर माइक्रोसफ्टले तपाई र तपाई जस्तै भ्याइनभ्याइ भएकाहरुको सुग्घरी इमेज बचाइराख्न आफूले सक्दो गरिरहेको छ ।
कम्पनीले माइक्रोसफ्ट टिमका लागि कोठा सजाउने नयाँ फिचर ल्याएको छ । यही हप्ताको इग्नाइट २०२३ सम्मेलनमा सो फिचरको घोषणा गरिएको हो । यो फिचर कम्पनीले आगामी वर्ष लञ्च गर्ने भएको छ । नयाँ फिचरले जेनरेटिभ ब्याकग्राउन्ड इफेक्ट सृजना गर्न कृत्रिम बौद्धिकताको प्रयोग गर्नेछ ।
यसमा प्रयोगकर्ताहरुले ब्याकग्राउन्डा देखिने कोठाको हिस्साको भद्रगोल मिलाएर चटक्क देखाइदिनेछ । तपाईँले चाहेको खन्डमा ब्याकग्राउन्डमा हरिया बोटबिरुवा थप्न पनि सक्नु हुनेछन् । चाडपर्वको बेलामा कोठामा झिलिमिली बत्ती बलेको देखाउन सकिनेछ भने क्रिसमस ट्रि आदि पनि थप्न सकिनेछ । यो फिचर माइक्रोसफ्ट ३६५ का लागि टिम्सको प्रिमियम र कोपाइलटमा दिन लागिएको कयौँ नयाँ फिचरमध्ये एक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा
-
राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन दलबाट साझा उम्मेदवार, एमाले एक्लै लड्ने !
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु
-
बैतडीमा किशोरी बलात्कृत
-
लागूऔषधसहित वीरगन्जमा २ जना पक्राउ
-
एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो : ओली