सोमबार, २१ फागुन २०८०
ताजा लोकप्रिय

फिलिपिन्समा भूकम्पमा परी मृत्यु हुनेको सङख्या ८ पुग्यो

आइतबार, ०३ मङ्सिर २०८०, १९ : ११
आइतबार, ०३ मङ्सिर २०८०

मनिला । दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद्ले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि यकिन हुन बाँकी रहेको छ भने प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्।

भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् । विद्यालय भवन,  सरकारी भवन,  पुल,  सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय क्षतिग्रस्त सडकमा यातायात सुरु गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

अपतटीय भूकम्पको झड्काले अपराह्न ४:१४ बजे ७२ किलोमिटरको गहिराइमा डाभाओ ओक्सीडेन्टलको सारंगानी सहरबाट ३४ किलोमिटर उत्तर पश्चिममा ठुलो कम्पन ल्याएको थियो ।-(रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप