मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
इजरायल तनाव

विपिन जोशी गाजामा सुरक्षित

आइतबार, ०३ मङ्सिर २०८०, २३ : ०१
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी सुरक्षित रहेको पाइएको छ। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए।  इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका हुन् ।

‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ । अब उद्धारको लागि सरकारले थप सक्रियता देखाउने छ,’ उनले भने । सुरक्षित रहेका जोशीलाई छुटाउनको लागि पहल भइरहेको उनले बताए ।

यद्यपि इजरायलस्थित नेपाली दूतावासले भने सोमबार विज्ञप्ति जारी गर्दै जोशी सम्पर्कविहीन नै रहेको र उनको खोजी कार्य जारी रहेको बताएको छ ।

402507204_6721698574546702_77636668463225330_n

यसअघि जोशीको सकुशल उद्धारको माग गर्दै केही दिन अगाडि उनका आमाबुबाले परराष्ट्र मन्त्री साउदसँग भेट गरेका थिए। परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारको लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकाय अथक प्रयासमा रहेको बताएका थिए। 

इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने ४ जना विद्यार्थी घाइते भएका थिए । जोशीसहित कयौँलाई हमास समूहले नियन्त्रणमा लिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप