‘सरुभक्तका मुक्तक’ लोकार्पण

गण्डकी । साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।
सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को विशिष्ट प्रतिभा रहेको धारणा राखे । उनले सरुभक्तको लेखनमा विचार र दर्शनको धरातल भेटिने बताए । साहित्यकार सरुभक्तले तीसको दशकको सुरुदेखि अहिलेसम्म आफूले मुक्तक लेखिरहेको बताए ।
“युवाकालदेखि नै मलगायत मेरा थुप्रै समकालीन साथीहरुको मुक्तक लेखनप्रति झुकाव थियो, २०३५ सालमा पोखरामा टिकटमा मुक्तक कार्यक्रम गरेर अभियान सुरु गरेका थियौँ”, उनले भने, “पहिले उपेक्षामा परेको मुक्तकले अहिले जुन गति लिइरहेको छ यसका पछाडि पोखरेली स्रष्टा र साहित्यप्रेमीको महत्वपूर्ण योगदान छ ।”
सरुभक्तले २०३५ सालमा प्रकाशित मुक्तक सङ्ग्रह ‘बन्द खामभित्र’ आफ्नो पहिलो साहित्यिक कृति रहेको सुनाए । उनको २०६१ सालमा ‘हजार बुद्धहरु’ र २०६७ मा ‘प्रेम यात्रा’ मुक्तक सङ्ग्रह प्रकाशित भएको थियो ।
‘सरुभक्तका मुक्तक’मा पहिले प्रकाशित तीन मुक्तक कृतिसहित अप्रकाशित ‘जीवन यात्रा’ र ‘समय यात्रा’ कृतिका मुक्तक सङ्ग्रहित रहेको नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोखरेलले जानकारी दिए । “सरुभक्तले तीसको दशकदेखि हालसम्म रचना गर्नुभएका मुक्तक एउटै सङ्ग्रहका रुपमा सार्वजनिक गरिएको हो”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनोहरामा मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ
-
आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा
-
पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री
-
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
-
‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’
-
बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : देउवा