टिकटक प्रकरण
माइतीघरमा टिकटकरको प्रदर्शन, सर्वोच्चमा सुनुवाइ
सोमबार, ०४ मङ्सिर २०८०, १० : ४७
_JXH4rfhtWN.jpg)
काठमाडौँ । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा आइतबार राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ रु।।।लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन् ।
टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा सोमबार नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदै छ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा कुमार चुडालको इजलासमा तोकिएको छ ।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । तस्बिर: सुवास श्रेष्ठ /रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते
-
१० बजे, १० समाचार : भिजिट भिसाको प्रश्नले चिढिए प्रचण्ड, इजरायलमा स्थिति गम्भीर
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
-
तनहुँ जिल्ला प्रशासन कार्यालयमा बिहान ७ बजेदेखि सेवा सुरु