यी हुन् बलिउडका सबैभन्दा लामा फिल्म, सूचीमा थपिँदै रणवीरको एनिमल
नयाँ दिल्ली । रणवीर कपुरको नयाँ फिल्म पछिल्ला केही दिनयता लगातार चर्चामा छ । रणवीर र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको एनिमल फिल्मको पर्खाइमा दर्शकहरु लामो समयदेखि थिए ।
फिल्मको गीत र टिजरलाई दर्शकको सकारात्मक प्रतिक्रिया मिलेको थियो । मिडिया रिपोर्ट्सका अनुसार यो फिल्म तीन घण्टा २१ मिनेटको छ । यो फिल्म बलिउडको लामो फिल्म मध्येमा पर्ने बताइएको छ । आज हामी बलिउड फिल्ममा सबैभन्दा लामा फिल्मबारे कुराकानी गर्न गइरहेका छौँ ।
ग्याङ्गस अफ वासेपुर
यो फिल्मको रन–टाइम ३१९ मिनेट थियो । भारतको कुनै पनि हलले ५ घन्टाको यो फिल्म चलाउन मानेनन् । फिल्मलाई दुई भागमा काटेर तीन महिनाको अन्तरालमा रिलिज गरियो । अनुराग कश्यपले बनाएको यो फिल्म बलिउडको सबैभन्दा लामो फिल्म मानिन्छ ।
मेरा नाम जोकर
यो सूचिको दोस्रो स्थानमा मेरा नाम जोकर छ । यो फिल्ममा कुल २८ ओटा गीत छन् । यस फिल्मलाई राज कपुरको करियरलाई परिभाषित गर्ने फिल्मको रुपमा लिइन्छ । फिल्मको कुल समय चार घण्टा ४ मिनेट थियो ।
लगान
आमिर खानको अभिनय रहेको लगानको कुल रन–टाइम तीन घण्टा ४४ मिनेट थियो । यो फिल्मले दर्शकहरुबाट टन्नै माया पायो । यो फिल्म उक्त वर्ष विदेशी भाषाको फिल्म श्रेणीमा एकेडेमी पुरस्कारको लागि छानिएको थियो ।
मोहब्बते
अभिताभ बच्चन, ऐश्वर्या राय र शाहरुख खानको मुख्य भूमिका रहेको मोहब्बते कुल ३ घण्टा ३६ मिनेट लामो थियो । बक्स अफिसमा यो फिल्म ब्लकबष्टर साबित भएको थियो । फिल्ममा बिग बि र शाहरुखको भूमिकालाई दर्शकले निकै मन पराएका थिए । फिल्मका गीतहरू पनि चार्टबष्टर साबित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ह्रस्व दीर्घ’को प्रिमियरका लागि भारतीय कलाकार प्रदीप रावत र ब्रम्हानन्दम नेपाल आउने
-
पुटिनलाई युक्रेनमा छुट दिने प्रस्ताव युरोपका लागि ‘आत्मघाती’ : जेलेन्स्की
-
हिमाली जिल्लामा पनि छठ पर्व मनाइयो
-
दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए
-
प्रस्तावित न्यायाधीश निरौलाविरूद्धको उजुरीले सर्वोच्चको ठेक्का अनियमितता प्रकरण फेरि सतहमा