नवलपरासीमा महिला संघको पदस्थापन

बुटवल । नेपाल महिला संघ जिल्ला समिति पश्चिम नवलपरासीको तदर्थ समितिको पदस्थापन तथा शपथ ग्रहण गरिएको छ । सोमबार एक कार्यक्रमका बिच नेपाल महिला संघ पश्चिम नवलपरासीको पदस्थापन तथा शपथ ग्रहण गरिएको हो ।
परासीस्थित बिपी स्मृति भवन परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
महिला संघकी सभापति तारा देवी भण्डारीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको प्रमुख अतिथ्यता कार्यक्रम सम्पन्न भएको छ ।
कँडेलले पार्टीमा महिला संघको महत्पूर्ण भूमिका रहेको बताए । उनले महिला संघले पार्टीमा थुप्रै गुन लगाएको पनि बताए ।
कांग्रेसका नेता एवं सांसद विनोद चौधरीले स्थानीय तह, प्रदेश र केन्द्रीय तहसम्म महिलाको उचित व्यवस्थापनका लागि पार्टीले पहल गर्नुपर्ने बताए ।
सो क्रममा प्रदेश सभा सदस्य बैजनाथ जयसवाल, कांग्रेसका नेता मोहन शर्मा, महिला संघकी केन्द्रीय सदस्य कमला तिवारीलगायतले संगठन बिस्तारबारे आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने
-
मनोहरामा मोटरसाइकललाई ठक्कर दिएर फरार चालक पक्राउ
-
आगामी चुनाव कांग्रेस एक्लै लड्छ, हारे हारिन्छ : गगन थापा
-
पानी नआएपछि मेलम्ची पुगे खानेपानी मन्त्री
-
कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
-
‘यस्तो गहकिलो परिवर्तन हाँक्ने व्यक्तिहरू उदाहरणीय बन्न सकेनन्’