मुम्बई आक्रमण : लश्कर-ए-तैयबालाई इजरायलद्वारा आतंकवादी संगठन घोषणा

नयाँ दिल्ली । इजरायलले लश्कर-ए-तैयबालाई आतंकवादी संगठन घोषणा गरेको छ। भारतस्थित इजरायली दूतावासले मुम्बई हमलाको १५ औँ वर्ष पुगेको अवसरमा इजरायलले यो कदम प्रतीकको रुपमा लिएको जनाएको छ ।
इजरायलको दूतावासले भन्यो, ‘हामी लश्कर-ए-तैयबालाई आतंकवादी संगठनको रूपमा सूचीबद्ध गर्दैछौँ। भारत सरकारले त्यस्तो कुनै अनुरोध गरेको छैन तर यसका बाबजुद इजरायलले औपचारिक रूपमा सबै आवश्यक प्रक्रियाहरू पूरा गरेको छ र लश्कर-ए-तैयबालाई आतंकवादी संगठनहरूको इजरायली सूचीमा समावेश गरिएको छ।’
नोभेम्बर २६, २००८ मा लश्कर-ए-तैयबाका तालिम प्राप्त हतियारधारी दशजना चरमपन्थीहरूले मुम्बईका धेरै ठाउँहरू र प्रतिष्ठित भवनहरूमा आक्रमण गरेका थिए । जुन चार दिनसम्म जारी रह्यो। मुम्बई हमलामा १६० भन्दा बढी मानिस मारिएका थिए ।
नरिमन हाउसमा भएको हमलाका बेला रोइरहेका इजरायली बालक मोशे होल्ट्जबर्गको तस्बिरको निकै चर्चा भएको थियो । आक्रमणमा मोशेका आमाबुवा मारिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको बेङ्लोरका दर्जनौं विद्यालयमा बम राखेको ‘अफबाह’ फैलिएपछि....
-
अस्थायी आवासका लागि आज रु २४ करोड पठाइयो
-
निर्देशक पद गएपछि पौडेलको आक्रोशः राणा शासन भन्दा कडा अधिनायकवाद
-
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : कोइराला
-
पूर्वी नेपालमा बढ्यो हात्ती आङ्तक
-
महिला र बालिकालाई भारतमा बिक्री गरेको आरोपमा एक महिला पक्राउ