बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय सस्थाहरुबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
मंगलबार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताएका हुन् । उनले व्यवसायी दुर्गा प्रसाईँप्रति संकेत गर्दै ऋण लिए जबरजस्ती ऋण नतिर्ने कुराले संविधान, ऐन, कानुन, मूल्य, मान्यता तोड्ने भएकाले पनि त्यसलाई राज्यले कुनै अर्थमा छुट दिन नसक्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको शिथिलताका कारण कसैले सो ऋण तिर्न नसकेमा त्यसको सहजीकरणको काम नेपाल राष्ट्र बैंकले गर्ने निष्कर्ष पनि छलफलले सुझाएको बताए ।
त्यसैगरी बैठकले आर्थिक शिथिलताका कारण ऋण भुक्तानी गर्न नसक्ने ऋणीहरुका लागि सहजीकरण गर्ने काम पनि नेपाल राष्ट्र बैकलाई दिइएको प्रधानमन्त्री प्रचण्डको भनाई थियो । उनले सहकारी संस्थाहरुमा देखिएको समस्या ६ महिना भित्र समाधान हुनेगरी छुट्टै विशिष्टीकृत खालको नियमनकारी निकाय स्थापना गर्ने पनि बताए ।
प्रधानमन्त्री प्रचण्डले कर प्रणालीमा सुधारका लागि गठित आयोगले दिएको सुझावको आधारमा लगानी र उत्पादनमैत्री राजश्व संरचनामा सुधार गरिने निष्कर्ष छलफलबाट निस्किएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घमा चौतारी र युनियनबिच भागबन्डा
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
-
सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपमा कृष्ण गुरुङ पक्राउ
-
पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने
-
बौद्ध स्तुपामा भुटानी राजाको झन्डै एक घण्टा (तस्बिरहरू)
-
कामना सेवा विकास बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत