बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

भिजिट भिसामा यूएई पुगेकी एक महिलाको भवनबाट खसेर मृत्यु

शुक्रबार, ०८ मङ्सिर २०८०, २२ : ५६
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) पुगेकी एक महिलाको आफैँ बस्दै आएको भवनबाट खसेर मृत्यु भएको छ । मृतक महिलाको शव आवश्यक प्रक्रिया पुरा गरेर शुक्रबार नेपाल पठाइएको नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीले रातोपाटीलाई जानकारी दिए । 

शाहीका अनुसार अनुसार नेपालको ललितपुर घर भएकी उनी गत नोभेम्बर ११ मा आबुधाबीस्थित बस्दै आएको भवनबाट खसेकी थिइन् ।  २८ वर्षीय उनको ‘उचाइबाट खसेका कारण मृत्यु’ भएको भन्ने रिपोर्ट अस्पतालले दिएको छ । 

उनको दुःखद मृत्युपछि नेपाल एसोसिएसन–एनआरएनए यूएईको टीमले मानवीय भावनालाई आत्मासाथ गर्दै नेपाली राजदूतावास यूएईको सहकार्यतामा शव शुक्रबार नेपाल पठाइएको शाहीको भनाइ छ ।  पछिल्लो समय यूएईमा भिजिट भिसामा जाने नेपालीहरुको संख्या बढ्दै गएको यूएईमा कार्यरत सरोकारवालाहरू बताउँछन् ।

कतिपय भिजिट भिसाको सहारामा त्यहाँ काम गर्नका लागि जाने तथा कतिपय चाहिँ यूएईलाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने उद्देश्यले पुग्ने गरेको उनीहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप