नेपाल सुपर लिगमा आज धनगढी र वीरगन्ज भिड्दै
आइतबार, १० मङ्सिर २०८०, ०९ : ०९

काठमाडौँ । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक मात्र खेल हुँदै छ । आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगन्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको खेलमा ललितपुर सिटी एफसीले सुखद सुरुवात गरेको थियो । बुटवल लुम्बिनी फुटबल क्लबलाई २–० गोल अन्तरले हराउँदै ललितपुरले प्रतियोगितामा शानदार जित निकालेको हो ।
हिजै भएको अर्को खेलमा पोखरा थन्डर्सले एफसी चितवनलाई १–० गोलअन्तरले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?