राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ८६ करोड रुपैयाँ बढी रकम ब्याजमा लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषहरुमा रहेको कूल २ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ केन्द्रीय बैंकले एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो ।
आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई चाहेको निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ ।
सूचना अनुसार कूल रकममध्ये २ अर्ब २९ करोड २२ लाख रुपैयाँ क वर्गको वाणिज्य बैंकका लागि छुट्याइएको छ भने ४२ करोड ९८ लाख रुपैयाँ ख वर्गको विकास बैंक र १४ करोड ३३ लाख रुपैयाँ ग वर्गको राष्ट्रिय स्तरका वित्त कम्पनीहरुका लागि छुट्याइएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले मंसिर १२ गते अर्थात् मंगलबार राती १२ बजेभित्र आवेदन दिइसक्नुपर्नेछ । निक्षेप भने २०८० पुस १ गते प्रदान गरिनेछ । एक वर्षका लागि प्रदान गरिने निक्षेप २०८१ मंसिर ३० गते परिपक्क हुने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप चाहने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्नेछ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेको र निष्कृय कर्जा (एनपीएल) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित
-
दुई हप्ताभित्र इरानमाथि पूर्ण विजयको घोषणा हुने ट्रम्पको दाबी
-
‘मिस्टर एण्ड मिस लिटिल कोशी’का लागि ५८ बालबालिका छनोट
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण