प्रधानन्यायाधीश नेतृत्वको भ्रमण टोली स्वदेश फिर्ता
बुधबार, १३ मङ्सिर २०८०, २१ : ०१
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको भ्रमण टोली स्वदेश फर्किएको छ । यही मंसिर १० गते भारतको नयाँ दिल्ली गएको प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको टोली बुधबार स्वदेश फर्किएको हो ।
भारतीय प्रधानन्यायाधीशमा धनञ्जय यशवंत चन्द्रचुडको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ न्यायाधीशहरूको सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली गएका थिए ।
उक्त कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले नेपालमा कानुनी सहायताका सम्बन्धमा भएका व्यवस्था एवं प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।
कानुनी सहायता र न्यायमा पहुँचमा रहेका समस्या र अवरोध समेतका विषयमा चर्चा गर्दै उनले समाधानका विकल्पहरुको सम्बन्धमा समेत आफ्नो धारणा प्रस्तुत गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु
-
बाजुरामा रुखबाट खसेर महिलाको मृत्यु
-
सीमा विवाद हल गर्न हामीसँग के कस्तो रणनीति हुनुपर्छ ?
-
बोटे समुदायको विकासका लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड
-
कांग्रेसका दुई भातृ संगठनद्वारा अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको विरोध
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका ४३ जना दीक्षित