शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश नेतृत्वको भ्रमण टोली स्वदेश फिर्ता

बुधबार, १३ मङ्सिर २०८०, २१ : ०१
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको भ्रमण टोली स्वदेश फर्किएको छ । यही मंसिर १० गते भारतको नयाँ दिल्ली गएको प्रधानन्यायाधीश  श्रेष्ठ नेतृत्वको टोली बुधबार स्वदेश फर्किएको हो । 

भारतीय प्रधानन्यायाधीशमा धनञ्जय यशवंत चन्द्रचुडको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ न्यायाधीशहरूको सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली गएका थिए । 

उक्त कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले नेपालमा कानुनी सहायताका सम्बन्धमा भएका व्यवस्था एवं प्रयासहरुका बारेमा जानकारी गराएका थिए । 

कानुनी सहायता र न्यायमा पहुँचमा रहेका समस्या र अवरोध समेतका विषयमा चर्चा गर्दै उनले समाधानका विकल्पहरुको सम्बन्धमा समेत आफ्नो धारणा प्रस्तुत गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

m

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप