बजारमा तरलता थुप्रिएपछि १५ अर्ब तान्दै राष्ट्र बैंक
बिहीबार, १४ मङ्सिर २०८०, ११ : ४६
काठमाडौँ । बजारमा अधिक तरलता थुप्रिएपछि केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत पैसा तान्ने भएको छ । केन्द्रीय बैंकले ७ दिनका लागि निक्षेप संकलन औजारमार्फत १५ अर्ब रुपैयाँ तान्ने भएको हो ।
बुधवार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदरसहित निक्षेप प्रस्ताव गर्न आह्वान गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको बोलकबोल २०८० मंसिर १४ गते अर्थात् आज दिउँसो २ अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत हुनेछ । निक्षेप संकलनको निष्काशन भने २०८० मंसिर १४ गते हुनेछ । निक्षेप संकलनको साँवा ब्याज भुक्तानी २०८० मंसिर २१ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण