रुसको सर्वोच्च अदालतले लगायो एलजिबिटी आन्दोलनमा प्रतिबन्ध
बिहीबार, १४ मङ्सिर २०८०, १८ : ३०
मस्को । रुसको सर्वोच्च अदालतले बिहीबार "अन्तर्राष्ट्रिय एलजिबिटी आन्दोलन" लाई प्रतिबन्ध लगाएको छ । सो सङ्गठन चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ ।
एएफपी पत्रकारहरूका अनुसार न्यायाधीशले अन्तर्राष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनहरूलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधिहरूलाई प्रतिबन्ध लगाउने आदेश दिएका छन् ।-(राससस-एएफपी)