भारतमा हावाको गुणस्तर सुधार भएपछि प्रतिबन्ध हटाइयो
शुक्रबार, १५ मङ्सिर २०८०, १० : ५२
एजेन्सी । भारतीय राजधानीमा बुधवार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिबन्ध हटाइएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ ।
अधिकारीहरूले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) अन्तर्गत अब दिल्ली र गुरुग्राम, फरीदाबादको वरपरका क्षेत्रहरूमा विशेष प्रकारका सवारी साधनहरूमा प्रतिबन्ध लगाइएकोमा अब छुट दिइएको बताए ।
सरकारले नोभेम्बर २ मा शुरु गरेको यसअघिका कार्यहरूमा निर्माण र खानी जस्ता विभिन्न प्रदूषण निम्त्याउने गतिविधिहरू रोकिएको थियो । यद्यपि यी प्रतिबन्धहरू हटाइएपछि यी गतिविधिहरू पुनः सुरु हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोटीमा ग्रामीण अल्ट्रासाउन्ड सेवा प्रभावकारी
-
देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्न प्रतिबद्ध छु : शिक्षामन्त्री
-
छलफलका लागि गएका शिक्षक नेताहरू सिंहदरबार गेटबाटै किन फर्किए ?
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै