नेपाली कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा बन्दसत्र सुरु

बुटवल । नेपाली कांग्रेसकाे प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा आइतबारदेखि बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।
त्यस्तै बन्दसत्रमा सांगठानिक प्रतिवेदन महामन्त्री सुरेन्द्र आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश रानाले गर्नेछन् । ती प्रतिवेदनमा महासमिति सदस्यले आवश्यक सुझाव राख्ने छन्। उक्त प्रतिवेदनलाई लुम्बिनी प्रदेशबाट पार्टीको महाधिवेशनमा लैजाने लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनले बताए ।
सम्मेलनमा लुम्बिनी प्रदेशमा प्रदेशका ७ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेको छ। बन्दसत्रमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापति,क्षेत्रीय सभापति,जिल्ला सभापति,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष,प्रदेश पदाधिकारी,सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको छ।
यसअघि शनिबार सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)