पहिलोपटक विदेशी खेलाडीसहित टेबलटेनिसको लिग प्रतियोगिता हुँदै

काठमाडौँ । नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित टेबलटेनिसको सर्वाधिक धनराशिको नगद पुरस्कारसहित प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय टेबलटेनिस च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रा.लि.को आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।
आगामी मङ्सिर १९ गतेदेखि २३ गतेसम्म स्ट्याग ग्लोबल च्याम्पियन्स लिग २०२३ को हुँदैछ । सो प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र हुनेछ । पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित ९ टोलीका खेलाडी प्रतिस्पर्धा गर्ने तय भएको छ ।
तीमध्ये पाँच टोलीले भने विदेशी खेलाडी समावेश गरेको आयोजक च्याम्पियन्स टेबल टेनिस एकेडेमी प्रालिकी प्रबन्ध निर्देशक नविता श्रेष्ठले जानकारी दिइन् । प्रतियोगितामा पाँच टोलीले समान एक पुरुष र महिला विदेश खेलाडी राख्न पाउनेछन् । प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँसहित रनिङ शिल्ड पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनलिस्ट) ले समान ५० हजार रुपैयाँ नगद पुरस्कार र ट्रफी पाउनेछन् । यो नेपालको टेबल टेनिसमा अहिलेसम्मकै सर्वाधिक धनराशिको प्रतियोगिता पनि रहेको आयोजकको दाबी छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना, एभिएम टेबलटेनिस क्लब, कान्तिपुर भ्याली पिङपङ क्लब, नगाउँ स्पोर्टस् क्लब, गड स्पिन टेबलटेनिस एकेडेमी, ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब र आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी गरी कुल ९ वटा टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि अनुमानित १९ लाख रुपैयाँ खर्च हुनसक्ने आयोजकको अनुमान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको प्रश्न–आजको दिनमा जन्मको आधारमा शासन गर्न पाइन्छ ?
-
‘पाउडर प्लान्ट सरकार आफैँले चलाउनुपर्छ’
-
पाउडर प्लान्ट भाडामा दिँदा नै राम्रो हुन्छ भन्ने छ : मन्त्री श्रेष्ठ
-
जातीय विभेद गर्ने प्राध्यापकलाई पीएन क्याम्पसले गर्यो पदमुक्त
-
‘सी’ डिभिजनमा झर्यो इटालियन सिरिएको पूर्वविजेता साम्पडोरिया
-
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक